श्रमिकका पनि बैक खाता
उदयपुरको त्रियुगा नगरपालिकाका अहिलेसम्म बैकमा खाता नभएका ५५ मजदुरहरुको बैक खाता खोलिदिएको छ । उनीहरुको बैक खाता खोलिएपछि जनही २०० रुपैया बचत भएको छ ।
बैक खाता सञ्चालनले सकटको बेला दुखविमार हुँदा साहु र अन्यको हात पसार्न जानु पर्नेऽ चर्को ब्याँजमा ऋण लिएर बन्धक जस्तै बेलाबेला ब्याँजैमा काम गरिदिनु पर्ने अवस्थाबाट यसले थोरै भए पनि मुक्ति मिल्ने नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो ।
बैकमा खाता खोलिएपछि मजदुर दुखीलाल चौधरी दङ्गदास देखिन्छन । उनी भन्छन म एकदमै खुसी छु आज मैले पनि बैकमा खाता खोलेकोछु ।
त्रियुगा नगरक्षेत्रमा संगठित र असंगठित क्षेत्रमा गरी करिव पाँच सय श्रमिकहरुको कुनै बैक खाता छैन । जव कि त्रियुगा नगरपालिकामा डेढ दर्जन भन्दा बढी वाणिज्य बैकहरु रहेका छन ।
यी सबै श्रमिकहरुलाइ बचत गर्ने बानी बसाल्न र अप्ठ्यारोमा सहयोग पुर्याएर जीवनस्तर उकास्न यो कार्यक्रमले सहायता गर्ने देखिन्छ । यो खाता नेपाल बैक लिमिटेडको ५० प्रतिशत सहभागितामा खोलिएको हो ।
गत वर्ष कोरोना कहरमा भएको आर्थिक कठिनाइको बेला मजदुरहरुको बचत गर्ने बानी नभएकोले भोग्नु परेको पीडामा मल्हम लगाउन अन्तराष्ट्रिय श्रमिक दिवसका दिन बैक खाता खोल्ने घोषणा गरेको थियो । सो निर्णयलाइ अहिले आएर कार्यन्वयन गरिएको हो ।
टिप्पणीहरू