प्रतिबन्धित औषधीसहित एक पक्राउ
सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको छ ।
हिजो दिउँसो साढे १२ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी सेटाडोल-50 ३९० क्याप्सुल र स्पासपेन ३९० क्याप्सुल बरामद गरेको हो ।
पक्राउ परेका दास सप्तरी अग्नीसर कृष्णसरवन ४ का हुन् । हाल उनी धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू