जताततै पहिरो जान थालेपछि गाउँले जंगलतिर

जताततै पहिरो जान थालेपछि गाउँले जंगलतिर

पहिरोको जोखिम बढेपछि बाजुराका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । निरन्तरको वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका ५ का ९९ घर परिवारलाई बस्तीबाट टाढा जंगलमा लगेर राखिएको गाउँपालिकाले जनाएको छ ।

बस्ती आसपास पहिरो जान थालेपछि मानवीय क्षति नहोस् भन्दै पालिकाले ९९ घर परिवारलाई क्षणिक रुपमा विस्थापित गराएको बताइन्छ ।

उनीहरुलाई गाउँबाट एक घण्टाको पैदल दूरीमा पर्ने जर्गाउको जंगलमा पाल टाँगेर राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिएका छन् ।

टिप्पणीहरू