ओली कमरेडसँग अहिले कुरा भयो,तर उहाँले मान्नुभएन : माधव नेपाल

ओली कमरेडसँग अहिले कुरा भयो,तर उहाँले मान्नुभएन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच एकछिन अगाडि टेलिफोनमा कुराकानी भएको पुष्टि गर्नुभएको छ । कुराकानी भए पनि ओलीले पार्टी एकताको निम्ति आफूले राखेका केही प्रक्रियागत प्रस्तावलाई ठाडै अस्वीकार गरेको खुलाउनुभएको छ ।

जनआस्थाले राखेको जिज्ञासामा उहाँले अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्ताको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, ‘कोर्स परिवर्तन गर्नुपर्नेमा एकपक्षीय ढंगले बैठक बोलाएर तपाईंले गल्ती गर्नुभयो । राजनीतिक र सांगठानिक दुवै कोर्स परिवर्तन गर्नुपर्नेमा त्यसो नगरी १३ औं बैठकबाट ठीक विपरित गर्नुभएको छ । त्यसबाट पछाडि फर्कनुहोस् ।’

“बैठक रोक्नुहोस्,नयाँ ढंगले वातावरण बनेपछि दुवै जना भेटौंला । पार्टी एकता गर्ने हो भने अहिलेको कदमलाई रोक्नुहोस् । यसले पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ । त्यो बाटोमा नजानुहोस्,एकपटक सोच्नुहोस् ।”

नेता नेपालको आग्रहलाई एकोहोरो सुनिरहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई उहाँले आग्रह गर्दै भन्नुभएको थियो, ‘बैठक स्थगित गरेर कुराकानीलाई अघि बढाऔं । त्यसको लागि वार्ता टोलीलाई साथ दिऊँ र हाम्रो जुन सहमति भइरहेको छ,त्यसको आधारमा अघि बढौं ।’

प्रत्युत्तरमा प्रधानमन्त्रीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता लिनुपर्ने सन्दर्भ उठाउनुभएको थियो । तर नेता नेपालले हस्ताक्षर फिर्ताको सन्दर्भ र औचित्य नभएकाले अदालतमा विचाराधीन विषयलाई आफ्नै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताउनुभएको थियो । थप लचिलो हुँदै नेता नेपालले भन्नुयो, ‘बैठक रोक्नुहोस्,नयाँ ढंगले वातावरण बनेपछि दुवै जना भेटौंला । पार्टी एकता गर्ने हो भने अहिलेको कदमलाई रोक्नुहोस् । यसले पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ । त्यो बाटोमा नजानुहोस्,एकपटक सोच्नुहोस् ।’

प्रधानमन्त्रीसँग नेपालको फोनवार्ता हुँदा एमाले उपमहासचिव घनश्याम भुसाल पनि पौने दुई बजे कोटेश्वरमा हुनुहुन्थ्यो ।

“प्रधानमन्त्रीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता लिनुपर्ने सन्दर्भ उठाउनुभएको थियो ।”

यसैबीच हिजो शुक्रवार बसेको केन्द्रीय कमिटीको बैठकपछि दुई पक्षबीच त्यही आसपास सहमतिको लागि बनाइएको ड्राफ्टले अन्तिम रुप लिनै लाग्दा माधव नेपालले ‘इग्नोर’ गरेको हल्ला फिँजाइएको छ । व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) नलिई सभामुख अग्निप्रसाद सापकोटाको निवासमा शुक्रबार बेलुका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न गएको, सहमतिको लागि आफ्नै पक्षका युवा नेताहरूले गरेको भेटको प्रयासलाई छल्नुभएको हल्ला थियो ।

तर,नेपालले ती सबै नियोजित हल्ला भएको बताउँदै आफू दिनभर निकटस्थ कमरेडहरुसँग रहेको र नेता मुकुन्द न्यौपानेसँग लामो कुराकानी भैरहेको उल्लेख गर्नुभएको छ । उहाँले सहमतिको लागि बनाइएको ड्राफ्ट स्वयम् प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नमानेपछि भ्रम छर्न अन्यत्र आरोप लगाइएको हुनसक्ने बताउनुभयो । कार्यदलमा रहेका सदस्यहरूका अनुसार अध्यक्ष ओलीले सहमतिमा लेखिएका सबै बुँदाप्रति असहमति जनाएपछि उक्त प्रक्रिया स्थगित भएको थियो ।

टिप्पणीहरू