उद्घाटन नहुँदै बाढीले बगायो धादिङको सिम्ले र मान्खुटार जोड्ने पक्की पुल

उद्घाटन नहुँदै बाढीले बगायो धादिङको सिम्ले र मान्खुटार जोड्ने पक्की पुल

थाक्रे गाउँपालिका-२,को सिम्ले बजार र वडा नँ. ११ को मान्खुटार जोड्ने पक्की पुल बाढीले बगाएको छ । गयराती महेश खोलामा आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पुल भाँचिदिएको हो ।

पुलमा केही दिनअघि मात्रै ढलान गरिएको थियो । पुल सम्पन्न भएर प्रयोगमा ल्याउन नपाउँदै बाढीले बगाएको स्थानीय शिक्षक जयराम रुपाखेतीले बताए ।

गए राती र १२ बजेको समय आग्रा खोलामा बाढी आएपछि महेशखोलामा पानीको बहाव अत्याधिक बढेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र सडक बिभागको हेलचेक्र्याइले यो परिणाम ब्यहोर्नु परेको स्थानीयहरुले बताएका छन् ।

बर्षातको समय हतारको कामले ठेकदारलाई आर्थिक क्षति र जनतालाई विकासमा क्षति पुगेको सरोकारवालाहरुले सामाजिक सन्जालमार्फत गुनासो पोखेका छन् ।

टिप्पणीहरू