माछा पोखरीमा डुबेर एकको मृत्युु
भद्रपुर नगरपालिका-९ पोकापाडाका ६५ बर्षीय धनसिंह राजवंशीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
प्रहरीले उनको शव पोकापाडाकै एक माछा पोखरीबाट आज बिहान फेला पारेको हाे । उनी शुक्रवार दिउँसोदेखि हराइरहेकाे र उनको खोजी भइरहेकाे थियोे ।
राजवंशीको शव प्रदेश नम्बर १ को विपद व्यवस्थापन कार्यालय चन्द्रगढीबाट र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पोखरीबाट निकालेको छ ।
टिप्पणीहरू