उदयपुरमा खतराको घन्टी बज्यो
उदयपुरमा तीन दिनदेखि लगातार भएको वर्षाका कारण नदी तटीय क्षेत्रका आसपास बस्नेहरुलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
शनिवार बिहान ११ बजे सप्तरीको फत्तेपुर आसपासका क्षेत्रमा ठूलो वर्षामापन भएको त्रियुगा नदी र यसका सहायक खोलाहरुमा बाढी आउन सक्ने तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा रातीसम्म उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । एसएमएममार्फत यो जानकरी विभागले दिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिकाका देउरी,मोतीगडा,जोगीदह र बहेर्वा, चौदन्डीगढी नगरपालिकाको हडिया, देवधार,भीमा,ज्यामिरे,बेलही,सिवाइ सुन्दरपुर,बेलका नगरपालिकाको अम्बासी र तपेश्वरी गाउँहरु डुवानमा पर्दै आएका छन् । दैवी प्रकोपबाट तत्कालै उध्दारको निम्ति पूर्व तयारी थालनी गरिएको छ ।
टिप्पणीहरू