लोग्नेको नाममा कलंक

कात्तिक १० गतेको अंकमा ‘बिहेलाई पेशा नबनाऊँ न बिन्ती’ शीर्षकमा भरतकुमार दाहाल, सिद्धिचरण नगरपालिका–१ ओखलढुुंगाले झूठा व्यहोराको कथा छपाएका रहेछन् ।

निजको आफ्नो सम्पति र मैले दुःख गरी कमाएको रकमसमेत जम्मा गरी चन्द्रनिगाहपुरमा बनाएको घर निज भरतकुमार दाहालले एकलौटी खाने नियत राखी विभिन्न किसिमका लाञ्छना लगाएकाले निजसँग  मेरो सम्बन्ध बिग्रन गएको हो । निजले मलाई आफ्नो जीवनबाट पन्छाएर सम्पत्ति खाने नियत राखेको र ज्यानै लिनेसम्मका क्रियाकलाप गरेको हुँदा सम्बन्ध बिच्छेद गरी अंश पाउन सम्मानित रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छु । मैंले दायर गरेको गालीबेइज्जति मुद्दा पनि हालसम्म विचाराधीन अवस्थामै छ ।

मेरो छोरी सुजाता थापालाई निजले स्कटल्याण्ड पठाउन रकम दिएको निजको दाीसमेत सरासर झूठा हो ।

– सीता खड्का, चन्द्रपुर न पा–१, रौतहट

टिप्पणीहरू