५० वर्षअघि स्कर्ट पहिरिएको अफगान समाज बुर्कामा कैद

५० वर्षअघि स्कर्ट पहिरिएको अफगान समाज बुर्कामा कैद

दक्षिण एसियाली मुलुक अफगानिस्तान सन् १९७८ देखि गृहयुद्ध र जातीय युद्धमा फसेको छ । झण्डै ५० वर्षअघिको अफगानिस्तानलाई फर्केर हेर्दा १९७२ र २०२१ बीच आकाश जमिनको फरक पाइन्छ । विश्वका अन्य कतिपय राष्ट्र ५० वर्षअघि पिछडिएका थिए,अहिले तुलनात्मक रुपमा विकसित र विकासोन्मुख भएका छन् । तर, अफगानिस्तान ठ्याक्कै उल्टो,पहिले विकसित अहिले तन्नम छ ।

पहिले अफगानिस्तानमा इस्लामिक छापामार र तत्कालीन सोभियत संघ समर्थित कम्युनिष्ट सरकारबीच आन्तरिक द्वन्द्व शुरु भएको थियो । सोभियत सेनाको सहयोगमा त्यहाँको सरकारलाई बिस्थापित गरिएको थियो । पछि धर्मको आडमा सन् १९९६ मा तालिवान सत्तामा आयो ।

ऊ सत्तामा आएपछि अफगानिस्तानको सामाजिक, धार्मिक र आर्थिक नक्सा नै बदलिएको छ । दशकौंको गृहयुद्धले राजनीतिक अस्थिरता छाइरहेको छ । अहिले पनि अफगानिस्तान युद्ध भूमिमै देखिन्छ । देशी र विदेशी सैनिकले दिनहुँ परेड खेल्छन् । दुर्गम भेग अझै पनि तालिवान र अन्य स्थानीय धार्मिक समूहको पकडमा छ ।

तालिवान नियन्त्रित इलाकाहरूमा कट्टर इस्लाम धर्म लागू गरिएको छ । महिलालाई घर बाहिर निस्कन, काम गर्न,स्कूल जान पूर्ण निषेध गरिएको छ । एकजना पुरुष नातेदार नलिई महिलाले एक्लै घर छाड्न अनुमति नै पाउँदैनन् ।

तर, त्यहि अफगानिस्तानको राजधानी काबुलमा सन् ७० को दशकमा महिलाहरू पश्चिमा समाजमा झैं स्कर्ट लगाएर स्वतन्त्र भएर हिँड्थे । पुरुष सरह काम गर्ने र अध्ययन अध्यापन गर्थे । सरकारीदेखि निजी क्षेत्रमा महिलाको पहुँच थियो ।

तर, ५० वर्षपछि ठीक उल्टो अवस्था देखिएको छ । पढेलेखेका र सम्पन्न परिवार यसबीच विभिन्न बहानामा पश्चिमा मुलुकमा विस्थापित भइसकेका छन् । मुलुकमै रहेकाको भने भविश्य थप अन्धकार हुँदै गएको छ ।

टिप्पणीहरू