जति समाते पनि लागुऔषध खानेहरु उत्तिकै
झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दमक नगरपालिका-५ घर भई शिवसतासी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बु हुन् ।
उनको साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद गरेको छ । उनलाई झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे पक्रेको हो । उनी मे ६ प ७५६९ नम्बरको स्कुटरमा थिए ।
त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र धरान-१५ का ४१ बर्षीय आईतराज लिम्बु हुन् ।
प्रहरीले उनीहरुको साथबाट तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. बरामद गरेको छ । यी दुवै जनालाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
टिप्पणीहरू