राजीनामा दिएका असन्तुष्ट इञ्जिनियरहरुको वार्ता समिति

राजीनामा दिएका असन्तुष्ट इञ्जिनियरहरुको वार्ता समिति

सरकारले आफ्ना माग पूरा नगरेको भन्दै शुक्रबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका इन्जिनियरहरुले पुनर्निर्माण प्राधिकरणसँग वार्ता गर्न समिति बनाएका छन् । इञ्जिनियरहरुको माग पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले सरकारसँग वार्ता गर्न समिति गठन गरेका हुन् ।

धरहरा बनाउने हामी नै हौं,खाडी जान बाध्य नबनाइयोस्, प्राविधिकहरूको दुर्घटना बीमा लागू गर,कर्मचारी व्यवस्थापनको सुनिश्चितता गर,लाखौं भूकम्प पीडितको मुहारमा खुशी ल्याउने हामी हौं जस्ता नारा र प्लेकार्ड बोकेर आन्दोलन गरेका उनीहरुले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग वार्ता गर्न ६ सदस्यीय समिति बनाएका हुन् ।

उक्त समितिमा ललितपुरका अविनाश अमर,धादिङका जोहन श्रेष्ठ,सिन्धुलीका निरजकुमार सिंह, काभ्रेका सद्दाम अलि खान, सिन्धुपाल्चोकका मिलन ढुंगाना र नुवाकोटकी रिताकुमारी शाही रहेका छन् ।

टिप्पणीहरू