आज २४ सय बढिमा कोरोना संक्रमण, ५४ सय निको, २७ को निधन,

आज २४ सय बढिमा कोरोना संक्रमण, ५४ सय निको, २७ को निधन,

कोरोनाबाट आज २७ जनाको ज्यान गएको छ । २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ४ सय ५५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ५ सय ८६ पीसीआर तथा ४ हजार ६ सय ६५ एन्टिजेन गरी १४ हजार ३ सय ५१ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा २ हजार ९ सय ७९ जना निको भएका छन् । त्यस्तै, आज मुलकभर ४७ हजार ४ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू