जबर्जस्ती करणीको प्रतिकारमा युट्बर सन्तोषीको हत्या

जबर्जस्ती करणीको प्रतिकारमा युट्बर सन्तोषीको हत्या

विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न युवकलाई प्रहरीले समातेको छ । काठमाडौंको दक्षिणकालीस्थित पिकनिकस्थलको शौचालयमा हिजो उनको शव भेटिएको थियो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकालीमा बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिनाले सुब्बाको हत्या गरेको तथ्य खुलेको छ । पेशाले सहचालक रहेका उनलाई पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार दक्षिणकाली मन्दिरसँगैको खाजा पसलमा सन्तोषी र सुरेशको चिनजान भएको थियो । सन्तोषीले खाना खानको निम्ति पैसा नभएको बताएपछि तिमिल्सिनाले आफ्नो गाडीमा खाने र बस्ने व्यवस्था मिलाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनले दक्षिणकाली नजिकै जबर्जस्ती गर्न खोज्दा सन्तोषीले प्रतिकार गरेकी हुन् ।

सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिची हत्या गरेको स्वीकारेका छन् । हत्यापछि उनले पटक पटक प्रहार गरेको ढुंगाबाट सन्तोषीको अनुहार क्षतविक्षत भएको छ ।

घटनापछि काठमाडौँको कमलादीमा लुकेर बसेको अवस्थामा सुरेश पक्राउ परेका हुन् ।

टिप्पणीहरू