मोटरसाइकल र भैंसी चोर पक्राउ

मोटरसाइकल र भैंसी चोर पक्राउ

सुनसरीको कोशी र इनरुवामा मोटरसाइकल तथा भैंसी चोरेर लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

कोशी गाउँपालिका–१ का विक्रम साहको घरमा राखेको बा.९०प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा स्थानीय ओमप्रकाश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवले मोटरसाइकल चोरी गरि लैजादैँ गरेको अवस्थामा सोही गाउँपालिका–६ सुकसेना नहरछेउबाट पक्राउ परेका हुन् ।

त्यसैगरी, इनरुवा नगरपालिका–९, बवियाका रामरुप खत्वेको घरबाट भैंसी र पाडा चोरेर लैजाँदै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–५, टपराका २२ वर्षीय जियाउद्विन मन्सुरी पनि पक्राउ परेका छन् । उनी सोही गाउँपालिका–८ भण्टाबारीबाट पक्राउ परेका हुन् ।

टिप्पणीहरू