यौन दुर्व्यवहारपछि हत्या,दुई पक्राउ
सप्तरीमा गोठालो गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ हटेलका रामउदगार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई हिरासतमा लिएको हो । अभियुक्तहरूले बालिकालाई यौन दुर्व्यवहारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
गत शुक्रबार हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । आरोपित दुवैलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू