विपद् न्यूनीकरण गर्न बाग्मती सरकार तयार
बाग्मती प्रदेश सरकार विपद् न्यूनीकरणको निम्ति पूर्ण तयारीका साथ लागिपरेको आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले बताउनुभएको छ । जनआस्थासँग कुराकानी गर्दै भुजेलले बाग्मती प्रदेश यो वर्षको विपद् न्यूनीकरणमा लागिसकेको बताउनुभएको हो ।
भुजेलले ‘यसपाली विगतका वर्षहरुभन्दा तुलानात्मक रुपमा अत्यधिक वर्षा हुने मौसम विभागले जानकारी गराए लगत्तै विपद्सँग जुध्न प्रदेश सरकार लागिसकेको’ बताउँदै भन्नुभयो ‘प्रदेश सरकारले विपद् व्यवस्थापन तथा न्यूनीकरणलाई लिएर नियमित बैठक राखेको छ । प्रदेशमा पहाडी जिल्लाहरु रहेकाले विपद्को सामना गर्न तीनै तहका सुरक्षा संयन्त्र परिचालन गरिसकिएको र आवश्यक उद्धार सामग्री आज प्रदेशका सबै जिल्लामा पठाउन लागिएको छ ।
बुधबारको विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठकबाट प्रदेशका १३ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समन्वय समिति गठन गरेको भुजेलले बताउनुभभयो । उहाँका अनुसार सम्भावित जोखम क्षेत्रमा विपद्बाट बच्न सर्वसाधारणलाई सचेत गराउने, विपद् पछि उद्धारको अभ्यास भइरहेको छ ।
विपद् विरुद्ध लड्ने नेपाल रेडक्रस सोसाईटीलगायतका संस्थाहरुसँग पनि समन्वय गरेर प्रदेश सरकार अगाडि बढेको बताइन्छ । हालसम्म बाग्मतीमा नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोकलाई उच्च जोखिमको जिल्ला मानिएको छ ।
हाल प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोडभन्दा बढि रकम रहेको छ । बुधबार सिन्धुपाल्चोकमा भएको त्रासदीपूर्ण घटनातर्फ संकेत गर्दै स्वास्थ्य मन्त्रालय समेतले विपद् व्यवस्थापनमा सहकार्य गर्ने उहाँको विश्वास छ ।
पछिल्लो समयको कोरोना महामारीको त्रासले उद्धार कार्यमा समस्या नहुने भुजेलको भनाई छ । उहाँले विपदमा परेका र संक्रमणको लक्षण फेला परेकाहरुलाई अस्पताल लगिने र उद्धार कार्यमा खटिँदा स्वास्थ्य मापदण्डको पालना गरिने समेत बताउनुभएको छ ।
सिन्धुपाल्चोकमा विपद् लगत्तै स्वास्थ्य सामाग्री, राहात सामाग्री नेपाली सेना मार्फत् पुर्याइएको थियो । अहिले उद्धार तथा राहत भण्डारणका लागि काभ्रे र नुवाकोटमा संरचना निर्माणको कार्य भइरहेको छ । हेटौंडामा भने यसअघि नै निर्माण गरि सञ्चालनमा ल्याइएको भुजेलले बताउनुभयो ।
टिप्पणीहरू