गण्डकीका माननीय कृष्ण थापाको पद गयो

गण्डकीका माननीय कृष्ण थापाको पद गयो

गण्डकी प्रदेशको परिस्थिति फेरिएको भन्दै त्यहाँका जनमोर्चा साँसद कृष्ण थापाले गत हप्ता पाएको अन्तरिम आदेश खारेज भएको छ । अब उनी अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीबाट गरिएको कार्वाहीबमोजिम पदमुक्त भएका छन् ।

यसअघि न्यायाधीश कुमार चुडालले उनलाई पद थमौती गरिदिएका थिए । आज भने नेकपा विवाद बल्झाउने फागुन २३ को फैसलाको आदेशकर्ता कुमार रेग्मी र फागुन ११ गते प्रतिनिधिसभाको विघटन बदर गर्ने बिश्वम्भर श्रेष्ठ श्रीमानको संयुक्त इजलासले जनमोर्चा,गण्डकीका सभामुख नेत्रप्रसाद अधिकारी र थापालाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको पक्षमा मतदान नगर्न ह्वीप लगाउने जनमोर्चा सँसदीय दल प्रमुख प्यारी थापाको मागबमोजिम पदमुक्तिको निर्णय सदर भएको हो ।

टिप्पणीहरू