आफ्नै छोरी नभन्ने ब्यभिचारी समातिए

आफ्नै छोरी नभन्ने ब्यभिचारी समातिए

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार गरेकाे घटना बाहिर आएपछि बलात्कारी बाबु पक्राउ परेका छन् । उनलाई प्रहरीले कटारीकाे गराँसबाट समातेकाे हाे ।

उनीमाथि गत मंगलबार घरमा कोही नभएको मौका छाेपेर छोरीलाई बलात्कार गरेको अभियाेग लगाईएकाे छ । पीडित छाेरीले बिहीबार कटारी महिला संञ्जालको सहयोगमा इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि बलात्कारी बाबु फरार भएका थिए ।

प्रहरीले फरार रहेका अभियुक्तको खोजी जारी राखेको थियो । डिएसपी हेमन्त भण्डारीका अनुसार, उनले छाेरीकाे बलात्कार गरेपछि आमा र आफन्तलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए ।

बालिकाको आजै कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपितबिरुध्द हाडनाता करणीमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू