एमाले विभाजनमा काँग्रेसको दोष देख्नु बेकार :मीनेन्द्र रिजाल

एमाले विभाजनमा काँग्रेसको दोष देख्नु बेकार :मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागेको भन्ने संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताउनुभएको छ ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिजालले नेकपा (एमाले) भित्र झगडाको बिऊ आफूहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण उत्पन्न भएको बताउनुभएको हो ।

सरकारविरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आममागका बीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याई आफै आलोचित हुँदासम्म काँग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उहाँले यतिखेर देश र जनताको बृहत्तर स्वार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताउनुभयो ।

त्यसअघि मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताउनुभएको थियो ।

टिप्पणीहरू