राष्ट्रपतिसँग भेटेर बाहिरिए विपक्षी नेताहरु
१ सय ४९ जना सांसदको हस्ताक्षर बोकेर संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने दाबीसहित शीतल निवास छिरेका विपक्षी नेताहरु भर्खरै रास्ट्रपतिसङ्ग भेटेर बाहिरिएका छन् ।
राष्ट्रपतिलाई आफ्नो दाबी पेश गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईहरु त्यहाँबाट निस्किएको र यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही धाराबमोजिम नयाँ सरकारको नेतृत्व आफूले गर्ने दाबीका साथ राष्ट्रपतिलाई भेटेको अवस्था हो ।
टिप्पणीहरू