सुदूरपश्चिमबाट छिर्नेमध्ये १० को मृत्यु,२१ संक्रमित
भारतबाट हिजो सुदूरपश्चिमका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेकामध्ये कोरोनाको कारण १० जनाको ज्यान गएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्राप्त विवरणअनुसार कैलालीमा ६,कञ्चनपुरमा १,दार्चुलामा १ र कञ्चनपुरमा २ जना गरी १० जनाले ज्यान गुमाएका हुन् ।
झुलाघाट सीमा नाकामा २२ जनाको एन्टिजेन परीक्षण भएकोमा ६ जनाको पोजिटिभ देखिएको छ । त्यसैगरी गड्डाचौकी नाकामा ३० जनाको एन्टिजेन परीक्षण भएकोमा ३ जना पोजिटिभ र गौरीफन्टा ९डोकेबजार० नाकामा १ सय ५ जनाको एन्टिजेन परीक्षणमा १२ जनामा पोजिटिभ देखिएको हो ।
टिप्पणीहरू