आफ्नै श्रीमान यौन पिपासु बनेपछि !

आफ्नै श्रीमान यौन पिपासु बनेपछि !

-ऋषि भट्टराई
रुपन्देहिको सियारी गाँउपालिकामा यौनसम्पर्क गर्न नदिएको रिसमा छेसठ्ठि बर्षिय यौन पिपाषु गनपत बानियाले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।

सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुस्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरिले श्रीमतिको हत्या अभियोगमा गनपतलाई बिहिबार बिहान पक्राउ गरेको छ । पचपन्न बर्षिय कुस्मा बिहिबार बिहान सवा तिनबजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटना थाहा पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरीले उनकै श्रीमान गनपत बानियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुस्माको घाटिमा दाग भेटिएपछी हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको बताएका छन । गाउँमै धान कुट्ने मिल संचालन गर्दै आएका गनपतले यौनको बिषयमा बिबाद भएपछि श्रीमतिको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

छोराबुहारी र नातिनातिना समेत भएका गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुस्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । बुधबार साझपनि खानपिन गरि नौ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरी सामु बयान दिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

अहिले पक्राउ परेका गनपतमाथी रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको रुपन्देहि प्रहरिले जनाएको छ । पछिल्लो समय रुपन्देहिमा दैनिक जसो महिला हिंसा सम्बन्धि घटना बढ्दै गएका छन् ।

टिप्पणीहरू