आगलागीमा दुई बालबालिकाको मृत्यु

गोठमा लागेको आगलागीमा परेर दुई बालबालिकाको घटनास्थलमै ज्यान गएको छ ।

प्युठानको गौमुदी गाउँपालिका–३ मा बुधबार बिहान खिमबहादुर रानाको गोठमा आगलागी हुँदा उनका दुई वर्षीया छोरी चाँदनी राना र सात वर्षे छोरा हिमाल रानाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक बालबालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको गौमुदी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले बताउनुभयो ।

घरमा अभिभावक नभएको बेलामा आगलागी हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू