करणी गरी भागेका करण भेटिए

करणी गरी भागेका करण भेटिए

बलात्कार मुद्धाका एक फरार अभियुक्त पक्राउ परेका छन् । बर्दिया बारबर्दिया नगरपालिका- १ जमुनियाका २१ वर्षीय करण सुनार जवर्जस्ती करणी मुद्धामा समातिएका हुन् ।

सुनारलाई जिल्ला अदालत बर्दियाले २०७० साल फागुन ३ गते जबर्जस्ती करणी मुद्धामा ६ महिना कैद सजाय सुनाएको थियो । एक महिलालाई करणी गरी फरार रहेका सुनारलाई आज बिहान ढुक्कसँग घरै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरी अदालतमा बुझाएको बर्दियाका प्रहरी उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

टिप्पणीहरू