विद्युत सर्ट हुँदा आगलागी

विद्युत सर्ट हुँदा आगलागी

काठमाडौै महानगरपालिका ७ चाबहिलस्थित विनायक टोलमा मंगलबार बिहान आगलागी भएको छ । त्यहाँको लुनार फर्निसेस पसलको गोदाममा बिजुली सर्ट हुँदा आगलागी भएको गौशाला प्रहरी वृत्तले जनाएको छ ।

उज्ज्वल शर्माको घरमा रहेको पसलको गोदाममा विद्युत सर्ट हुँदा आगलागी भएको हो । बिहान लागेको आगो दिउँसो सवा दुई बजे मात्र पूर्ण नियन्त्रणमा आएको थियो ।

आगलागीबाट अन्दाजी ६० लाख रुपैयाँको क्षति भएको जनाइए तापनि यकीन नभइसकेको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरीको टोलीले क्षतिको विवरणको निम्ति मुचुल्का उठाउने काम गरिरहेको छ ।

टिप्पणीहरू