भुटनदेवीमा मोटरसाइकल ठोक्किदा एकजना ठहरै

भुटनदेवीमा मोटरसाइकल ठोक्किदा एकजना ठहरै

हेटौंडामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी मन्दिर मोडमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१० का अन्दाजी १७ वर्षका सगुन रुम्बा रहेका छन्। त्यस्तै, दुर्घटनामा विज्ञान रुम्बा, बिजल लामा र विक्रम लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् ।
हेटौंडाको बुद्ध चोकबाट कर्रा पुलतर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

घाइतेमध्ये विज्ञान रुम्बाको अस्पतालबाट डिस्चार्ज भइसकेको र अन्य दुई जनाको भने उपचार भइरहेको रिमालले जानकारी दिए ।

टिप्पणीहरू