मिस एन्ड मिसेज डिसएबिलिटी क्विन छानिने

ग्रिन आर्टस् मिडिया र साँस्कृतिक समाज नेपालले संयुक्त रुपमा मिस एन्ड मिसेज डिसएबिलिटी क्विन प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको सांस्कृतिक समाज नेपालले जनाएको छ । प्रतियोगिता चैत २१ गते हेरिटेज गार्डेन, सानेपामा अनिला श्रेष्ठको कोरियोग्राफीमा हुन लागेको हो ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सहयोगी संघ संस्थाहरुसँगको सहकार्यमा समुदायमा रहेका विभिन्न प्रतिभा र क्षमता विकास प्रवद्र्धनको लागि फेशन तथा टयालेन्ट शो समेत गराउने कार्यक्रम रहेको छ ।’

टिप्पणीहरू