संबैधानिक इजलासमा सुनुवाइ जारी, प्रधानमन्त्रीको चरीत्र कोट्याउनबाट रोक
अधिवक्ता दिनेश त्रिपाठीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रको कुरा उठाउनबाट न्यायाधीशले रोकेका छन् ।
संसद बिघटनविरुद्ध परेको रिट निवेदनमा विपक्षीले उठाएका विषयको जवाफ दिइरहँदा अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले दोहोरो चरित्र देखाएको,प्रम ओलीले एकातिर काम गर्न दिइएन भनेर संसद विघटन गरेको र अर्कोतर्फ आफूले जति कुनै पनि प्रधानमन्त्रीले काम नगरेको भन्दै भाषण गरिरहेको बताएपछि उनलाई न्यायाधीश अनिल सिन्हाले रोकेका हुन् ।
सिन्हाले इजलाशमा भाषणका कुरा र यसअघि नै उठेका विषय नदोहोर्याउन ध्यानाकर्षण गराएका थिए ।
आज अधिवक्ता विकास भट्टराई सहित दिनमणि पोख्रेलले बहस गरिसकेका छन् ।
टिप्पणीहरू