आज के भने नेताहरुले ?

आज के भने नेताहरुले ?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध नेकपा (बहुमत) ले आयोजना गरेको बृहत् विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको चरित्र नसच्चिएमा जनताले सिंहदरबार र बालुवाटार घेर्ने भएकाले ढिलो नगरी जनताको पक्षमा न्याय दिने कुरामा विश्वासिलो र सम्मानित अदालतलाई समेत आजको आमसभाले सहज बनाएको बताउनुभएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (बहुमत) को पक्षमा देखिएको जनउभारलाई ग्रिन रिभोल्युसनको संकेत गर्दै जनता नै जीवित देवता भएकाले नाटक मञ्चन नगर्न प्रधानमन्त्रीलाई सुुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘केपीबाट सरेको धुलो सफा गर्दैछौं, अहिलेको लडाईं जनताको लागि भएकाले आफ्नो बाँकी जीवन कुर्सी र पदका लागि होइन ।’ उहाँले प्रचण्डले आयोगलाई खुट्टा नकमाउन र अदालतलाई निष्पक्ष निकाश छिटो दिन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको गलत प्रवृत्तिविरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै छिमेकी मित्रराष्ट्रहरुलाई पनि लोकतान्त्रिक आन्दोलनमा साथ र सहयोग गर्न अपिल गर्नुभएको छ ।

माधवकुमार नेपाल

अर्का अध्यक्ष माधवकुमार नेपालले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको आन्दोलन र भावनालाई देख्न र हेर्न नसकेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओली मदन भण्डारीको नाम जप्न बिर्सेर पशुपति जानुभएको समेत नेपालले उल्लेख गर्नुभयो । भन्नुभयो ‘अपराधीलाई पशुपतिनाथले माफी दिँदैनन्, त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिए हुन्छ ।’

नारायणकाजी श्रेष्ठ

झलनाथ खनाल

सरकारमा बसेर समर्थनमा मान्छे बटुलेकोतर्फ संकेत गर्दै नेपालले सरकारी खर्च र भ्रष्टाचारको पैसा खर्च गर्दा पनि केही हजार मान्छे मात्रै आफ्नो पक्षमा देखिएपछि प्रधानमन्त्री ओलीलाई एक पटक मनन् गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘ओली गुट र बालकोटको मात्रै अध्यक्ष भएकाले ओली फाउण्डेसन खोलेर अध्यक्ष बस्नुुहोला ।’
अल्पमतमा रहेको नेकपा ओली समूहले गरेको सूर्य चिन्हको दाबीलाई नेपालले बरु चुनाव चिन्ह बयलगाडा दिँदा र लिँदा राम्रो हुने सुझाव दिनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले बोल्नुभएको थियो ।

टिप्पणीहरू