जनप्रदर्शन अघि मार्चपास
नेकपा (बहुमत) ले माघ २८ गते राजधानीमा गर्न लागेको जनप्रदर्शनको तयारी तथा प्रचार प्रसारको लागि स्वयंसेवक परिचालन तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । सोक्रममा आज दिउँसो वाल्मिकी क्याम्पसबाट मार्चपास गर्दै निस्किएको स्वयम्सेवक टोली प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार हुँद पुनः वाल्मिकी क्याम्पसमा पुगेको थियो ।
मार्चपासको नेतृत्व नेकपाका नेता योगेश भट्टराई, युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुका नेता रञ्जित तामाङले गर्नुभएको थियो ।
टिप्पणीहरू