भारतीय राजदूतसङ्ग दूतावासमै भेट

मुलुकको राजनीति गम्भीर मोडतर्फ गएको बेला भारतीय राजदूत विनयमोहन क्वात्राले थाल्नुभएको तारन्तारको राजनीतिक भेटघाटलाई सोमबार पनि निरन्तरता दिइएको छ ।

यसअघि राजनीतिक दलका नेतालाई उहाँहरूकै निवासमा भेटेका राजदूतले सोमबार जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोसँग दिउँसो लञ्च टाइमपछि राजदूतावासमा पौने घण्टा भेट्नुभएको हो ।

यसअघि राजदूतले आइतबार बिहान काङ्ग्रेस सभापति देउवालाई बूढानीलकण्ठ पुगी सवा घण्टा भेट्नुभएको थियो भने गत बुधबार दिउँसो काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग र त्यहि साँझ काँग्रेस महामन्त्री सशांक कोइरालासँग पनि छुट्टाछुट्टै भेट भयो ।

त्यसअघि माघ २० गते मंगलबार राती अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग राजदूत क्वात्राले लैनचौरमा दुई घण्टा वार्ता गरेको बताइएको छ ।

टिप्पणीहरू