कोही सडकमा, कोही कोठामा

कोही सडकमा, कोही कोठामा

प्रधानमन्त्रीको असंवैधानिक कदमबिरुद्ध नेकपा (बहुमत) ले आज राजधानी काठमाडौंमा बृहत बिरोध प्रदर्शन र सभाको आयोजना गरेको छ । बिहान ११ बजे विभिन्न आठ स्थानबाट निस्केको जुलुश भृकुटीभण्डपमा भेला भएपछि सभामा परिणत भएको छ ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेतृत्वले सम्बोधन गर्दै छन् ।

आजै प्रधानमन्त्रीनिकट समूहले कीर्तिपुरस्थित नयाँ बजारको एउटा क्याटरिङ्गमा अगुवा कार्यकर्ताको भेला आयोजना गरेको छ । अनेरास्ववियुको प्रधानमन्त्री निकट ऐन महर समूहले पनि बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

टिप्पणीहरू