सशस्त्रमा दिनदिनै निर्वस्त्र
सशस्त्र प्रहरी बलभित्र आफ्नालाई च्याप्ने र अरुलाई ङ्याक्ने प्रवृत्ति मौलाउँदै छ । आइजिपी शैलेन्द्र खनालले भतिज उपरीक्षक (एसपी) शंकर खनाललगायत ‘एस म्यान’ हरूलाई गरेको अनावश्यक संरक्षणले नियम र कानुनको धज्जी उडाएको हो । खनालसँगै एसपी तेजप्रसाद पोखरेललाई गरिएको अनावश्यक संरक्षणले पनि सीमा नाघेको छ । दुबैलाई सँधै कमाण्डबाट कमाण्ड दिने गरिन्छ ।
शंकर खनाललाई केही समयअघि २७ नं. गण हेडक्वार्टर, रूपन्देही (भैरहवा भन्सार हेर्नेगरी) बाट शारीरिक सुगठन शिक्षालय, काठमाडौं (क्लब) मा ल्याइएपनि एक वर्षपछि फेरि कमाण्डर भएर उतै गएका थिए । भतिजले कमाण्ड सम्हाल्न थालेपछि त्यहाँको बजेटसमेत नसोचेको अंकमा बढाइएको स्रोतको दाबी छ विषयवस्तुलाई राम्रोसँग प्रस्तुत गर्न नसक्ने खनाललाई स्टाफ कलेजको अनुभव नभएपनि पुछारमा राखेर बढुवा गरिएको थियो । तर,अरु जनताका सन्तानलाई बढुवा हुने बेलामा स्टाफ कलेजको अनुभवलाई अनिवार्य बनाइएको छ ।
भतिज खनाल डिएसपी हुँदा पनि कमाण्डमै खटिएका थिए । अहिले एसपी हुँदा झन् कमाण्डमा नखटिने कुरै भएन । उनलाई देखाउनैको लागि केही समय क्लबमा तानिएको थियो । तर,क्लबमा तानेको बेला पोखरेललाई कमाण्डको जिम्मा दिइएको थियो । अहिले खनाललाई रूपन्देही कमाण्डमा पठाएपछि पोखरेललाई खनालले जिम्मेवारी लिएको क्लबतिर साँटफेर गरिएको छ ।
एसपी खनाल यसअघि रूपन्देहीमा छँदा बिचौलियासँग पैसा बुझेको भिडियो बकायदा सार्वजनिक भएको थियो । तरपनि त्यो घटनालाई त्यत्तिकै सामसुम बनाइएकोमा स्वच्छ छविका अरु अधिकृतहरू रुष्ट देखिएका थिए । उनीहरू भन्छन् ‘खनालको तुलनामा पोखरेल धेरै गुणा डेञ्जर छन् ।’ उनकी श्रीमती आइजीपीको निवासमा सहयोगीको रूपमा देखिन थालेको धेरै भयो । त्यसैले होला यसअघि समेत उनी आफ्ना श्रीमानलाई राम्रो ठाउँमा पोष्टिङ्गको व्यवस्था गर्न सफल भएकी थिइन् ।
टिप्पणीहरू