सेनामा किन भेदभाव ?
यातायात व्यवस्था विभागले लाइसेन्सको दरखास्त अझसम्म खुलाउन सकेको छैन । कोरोना कहरबीच सबैभन्दा पहिला त मानव शरीर सुरक्षित हुनुप¥यो ! नेपाली सेनामा भने शान्ति सेनाको ट्रायल दिएर बसेका जवानहरु बाँकी रहँदारहँदै किन तातै खाऊँ जल्दै मरम जस्तो गरी भीडभाडमा खिचडी पकाउनुपर्यो ! दुई–चार महिनापछि ट्रायल लिँदा हाम्रो के बिग्रन्छ ? एक–दुई डफ्फासम्मलाई त मिसन छनोट भएर बसेका जवानहरु छँदै छन् नि ! दुई–चार महिनापछि ट्रायल लिँदा नेपालमा पनि कोभिडको इन्जेक्सन आइपुग्यो भने कमसेकम धेरै संक्रमण र हताहत हुनबाट बचाउन सकिन्छ ! एक–दुई डफ्फालाई पुग्ने ड्राइभर हामीसँग मौजाद छँदै छन् । ड्राइभिङ लाइसेन्स लिँदा एकपटक ट्रायल दिएपछि सीमित अवधि पुगेपछि फेरि रिन्यु गर्दछौं र अर्को लाइन्सेन्स निकाल्छौं तर लाइसेन्सको ट्रायल त पटक–पटक दिँदैनौं नि ! विडम्बना, २–३ पटक शा.से. ट्रायल पास भएर मिसनमा आफ्नो ड्युटी पूर्ण गरी त्यहाँको लाइसेन्स अथवा प्रमाणपत्र लिई नेपाल आएर सीमित अवधिपछि फेरि ट्रायलमा सरिक हुनुपर्ने यो कस्तो नियम हो ?
नेपाली सेनाका ड्राइभरलाई मात्र पल्टनैपिच्छे फरक नियम लागू हुने हो र ? युद्धकवच गणमा छुट्टै नियम र अरु सेनामा छुट्टै हुनुपर्ने कस्तो नियति ? तत्कालीन कमाण्डर पूर्व उपरथी राजेन्द्र कार्कीबाट अरु गणभन्दा फरक नियमहरु र जेजति पोषण गर्नुभयो, अरु गणलाई किन भएन ? युद्धकवचका जवानले हलुका सवारी लाइसेन्सको भरमा जान पाउने अनि कोर्ष लाइसेन्स नभए पनि गर्न पाउने यो कस्तो नियम हो ? एमपीभी र एपीसी तालिम गर्न र शासे छनोटको लागि त हेभीको लाइसेन्स अनिवार्य हुनुप¥यो नि ! के युद्धकवच गणका ड्राइभरसँग सत्ययुगमा जस्तो कुनै अवतारमा जुनसुकै गाडीलाई पनि अपडेट गर्नसक्ने शक्ति छ ?
विभिन्न गणका प्रतिनिधिले सबैलाई एकै ठाउँमा ट्रायल लिनुपर्नेमा युद्धकवचकालाई छुट्टै त्यहींका अधिकृतले ट्रायल लिनुपर्ने कारणचाहिँ के हो ? एमपीभी र एपीसीतर्फ शान्ति सेना तेस्रोपटकका लागि गएर आएको अवधि तीन वर्ष हुनुपर्ने उमेरको हदबन्दी हुनुपर्ने तर हेभी ड्राइभरलाई भने उमेरको पनि हदबन्दी † एउटै ट्रेडमा पनि यो कस्तो फरक † पहिलोपटक १० वर्ष, दोस्रोपटक १४ वर्ष र तेस्रोपटक १८ वर्षको उमेर हद लगाए त सबै इन्फेन्ट्री गणमा भएका ड्राइभरले अवसर पाउने थिए ।
– अवकाशप्राप्त जेसिओ
टिप्पणीहरू