सबै श्रेणीहरू

‘चीन महत्वपूर्ण’ भन्दै बेइजिङ पुगे बेलायती प्रधानमन्त्री

‘कसैलाई मन परोस् वा नपरोस्,चीन निकै महत्वपूर्ण छ’ यो भनाइ दोहोर्याउँदै बेलायती प्रधानमन्त्री किअर स्टार्मर औपचारिक भ्रमणको निम्ति बेइजिङ पुगेका छन् । सन् २०१८ यता पहिलोपटक बेलायती प्रधानमन्त्री चीन गएको यो पहिलो पटक हो । 

६० जना व्यवसायी,सांस्कृतिक क्षेत्रका प्रतिनिधिसहित चीन पुगेका उनले आज राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गरेका छन् । टोलीमा बेलायती एचएसबीसी बैंक,जिएसके औषधि कम्पनी,जगुआर ल्याण्ड रोभर र नेशनल थिएटरका प्रतिनिधि पनि छन् । भ्रमणको प्राथमिकता कूटनीतिभन्दा बढी व्यापारमा केन्द्रित रहेको देखिन्छ । बिबिसीले स्टार्मरको बेइजिङ यात्रा व्यापारिक फाइदाका लागि भएको विश्लेषण गरेको छ । यो भ्रमणलाई बेलायतको चीन नीतिमा नरम मोडको संकेतका रुपमा लिइएको छ । 

प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा स्टार्मर चार दिने औपचारिक भ्रमणका लागि चीन पुगेका हुन्। भ्रमणले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ गहिरो बनाउने बेलायती पक्षको अपेक्षा छ ।

स्रोत : सिसिटिभी प्लस ।