सबै श्रेणीहरू

राजश्वमा गुनासोको भारी

राजश्वमा गुनासोको भारी

राजस्व चुहावट तथा कर छलीको अनुसन्धान र तहकिकात गर्ने अड्डामै खेलोमेलो भएपछि 'चोरलाई चौतारी' भन्ने उखान चरितार्थ भएको छ । प्रसंग हो- राजस्व अनुसन्धान विभाग, पुल्चोकका अनुसन्धान अधिकृत शिवचन्द्र पन्तको ।

एक वर्षको अवधिमा सयौँ कर्मचारी विभागबाट बिदा भैसक्दा पन्त भने ६ वर्षदेखि लगातार त्यहीँ छन् । यसअघि सम्पत्ति शुद्धिकरण विभागमा करिब ३ वर्ष बिताएका उनी आन्तरिक राजस्व कार्यालय,कलंकीमा पनि दुई वर्ष रह

व्यापारीहरूको विरुद्ध आफैँले उजुर हाल्न लगाउने र कुरा मिलेपछि उजुरी च्यातेर फाल्ने गरेको विभागका  केही कर्मचारीले पोल लगाए । सम्पत्ति शुद्धिकरणमा हुँदा बाङ्गेमुढा,न्युरोड र असनतिरका मारवाडी व्यापारीहरूलाई दिनुसम्म दु:ख दिएको बताउनेहरू पनि छन् । 'यसबारे सबै जानकार छन् तर उनलाई विभागबाट हटाउने आँट कसैले गरेको छैन', उनकै एकजना सहकर्मीले भने । 

न्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्ति आर्जनको कसूरमा उजुरीसमेत परेको बताइन्छ । एउटा सामान्य सरकारी कर्मचारीले करोडौंको व्यवसायमा लगानी गरेको प्रमाणसहित परेको उक्त उजुरीउपर अहिले पनि अनुसन्धान जारी रहेको अवस्था हो ।  

जानकारहरूका अनुसार पन्तले कलंकीमा करोडौंको लगानीमा फर्निचर ध्योग खोलेका छन् । पार्टी प्यालेस र मालवाहक कन्टेनरमा पनि राम्रै लगानी गरेको बताइन्छ । 

चीनसँगको कोरोला नाकामा व्यापारीहरूसँग मिलेर पन्तले भन्सार जाँचपासमा सहजीकरण गराउने गरेको कर्मचारीहरू बताउँछन् । विभागले कहिलेकाहीं उनकै नेतृत्वमा गस्ती टोली खटाउने गरेको छ ।