सबै श्रेणीहरू

प्रहरीले पाए दुई दिनको म्याद

प्रहरीले पाए दुई दिनको म्याद

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै पदस्थापन भएका नायव निरीक्षकदेखि सहायक हवल्दार दर्जासम्मलाई दुई दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

हेडक्वार्टरको निर्देशनअनुसार रवाना भइसकेका हरूले सूचना प्राप्त भएको मितिले २ दिनभित्र आ–आफ्नो कार्यस्थलमा अनिवार्य रूपमा हाजिर हुनुपर्नेछ।

तोकिएको अवधिभित्र हाजिर नभएमा प्रचलित नियमावलीबमोजिम विभागीय कारबाही हुने चेतावनीसमेत दिइएको छ । निर्वाचनको शान्ति,सुरक्षा र निष्पक्षता कायम गर्न यस्तो निर्देशन जारी गरिएको बताइएको छ ।