स्वास्थ्य बीमा बोर्डले अनावश्यक परीक्षणका लागि चिकित्सकलाई दबाब नदिन बिमितलाई आग्रह गरेको छ । बोर्डले आज सार्वजनिक अपिल जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न सचेत गराएको छ ।
स्वास्थ्य बीमामार्फत वित्तिय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अधिकतम प्रयास गरिरहेको जनाउँदै बोर्डले भनेको छ, ‘स्वास्थ्य बीमाको सही दुरुपयोग गरौं भन्ने सन्देहसहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाका दुरुपयोग नगर्नुहुन र अनावश्यक परीक्षणका लागि चिकित्सकलाई दबाब नदिनुहुन अनुरोध गर्दछौं ।’
बोर्डले सेवा प्रदायकहरुलाई पनि औचित्यको आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार गर्न आग्रह गरेको छ । साथै, बीमा सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थामा पुनः सञ्चालनमा ल्याउन पहल गरिरहेको पनि जानकारी गराइएको छ ।