सिंहदरबारमा दुई जेनजीको बयान

सिंहदरबारमा दुई जेनजीको बयान

जेनजी विद्रोह भनिएको भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठित उच्चस्तरीय जाँझबुझ आयोगले आज दुई जनासँग बयान लिएको छ । 

आयोगले आज जेनजी अगुवा भनिएका रक्षा बम र खेमराज साउदसँग छुट्टाछुट्टै बयान लिएको हो । बयानका लागि उनीहरू दिउँसो सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका थिए । 

२३ गतेको प्रदर्शन र भोलिपल्ट विध्वंश मच्चिदै गर्दाको सम्पूर्ण परिस्थितिलाई केन्द्रमा राखेर आयोगले बम र साउदलाई प्रश्न गरेको बुझिएको छ । 

‘उहाँहरुले प्रदर्शन शुरु हुँदै गर्दा माइतीघरको अवस्था कस्तो थियो, कति मान्छे थिए, बानेश्वर पुग्दासम्म कस्तो अवस्था थियो, एभरेस्ट होटलअघि लगाइएको प्रहरी ब्यारिकेट तोडिने अवस्था कसरी आयो लगायतका प्रश्न गर्नुभयो’, साउदले भने, ‘मैले आफूले भोगेको, देखेको र बुझेको जवाफ दिएर फर्किएको छु ।’

अर्का जेनजी अगुवा बमले पनि भदौ २३ गतेको प्रदर्शन जेनजी युवाहरुले स्वत:स्फूर्त गरेको भए पनि २४ गतेको विश्वंशको कारण भने तत्कालीन सरकार नै रहेको बयान दिएको बताइएको छ ।

टिप्पणीहरू