आफैंले कालोमोसो दलेपछि पार्टी त्याग
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । एक दर्जन समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति असहमति जनाउँदै आएका उनले आज हुलाकमार्फत् संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
मधेश प्रदेश सभा सदस्य समेत रहेका अन्सारीले पत्रमा प्रचण्डलाई हिन्दी सायरी समेत समर्पण गरेको बताइएको छ । पार्टी नेतृत्वले इमान र साहस गुमाएको उनको विश्लेषण छ ।
कात्तिक तेस्रो साता आफ्नै अनुहारमा कालोमोसो दलेर प्रदेश सभाको बैठकमा उपस्थित भएपछि अन्सारी चर्चामा आएका थिए । उनकै कारण तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउन सकेका थिएनन् ।
टिप्पणीहरू