प्रचण्ड आज नयाँ दिल्ली जाने
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने कार्यक्रम छ । उहाँ नेपाली समाज भारतको आयोजनामा हुन लागेको “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा सहभागी हुने बताइएको छ ।
भारतमा बसोबास गर्दै आएका नेपाली समुदायबीच आपसी सद्भाव,सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक नेपाली समाज भारतले जनाएको छ । प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध,प्रवासी नेपालीका समस्या र अवसर,एकता र सहकार्यको महत्वबारे प्रवचन दिने बुझिएको छ ।
कार्यक्रम भोलि दिउँसो १ बजे नयाँ दिल्लीको लाजपत भवन अडिटोरियममा हुँदैछ ।
टिप्पणीहरू