देउवा निवासमा रातारात व्यापक दौडधुप
महाधिवेशन कि विशेष महाधिवेशन ? पुसमा कि वैशाखमा भन्ने चर्को बहसका वीच नेपाली काँग्रेसका नेताहरु दौडधुपमा लागेका छन् । बिहान सबेरैदेखि काठमाडौं महाराजगञ्जको चुनदेवीस्थित सभापति शेरबहादुर देउवाको निवासमा देखिएको आउजाउले काँग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको अनुमान लगाउन सकिन्छ ।
बिहान पौने १२ बजे देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसहितलाई राखेर छलफल भएको थियो । बैठकबाट खड्का निस्कनेबित्तिक्कै अन्य नेता पुग्न थाले।
दिउँसो १ बजेपछि नेताहरु कृष्णप्रसाद सिटौला,गोविन्द भट्टराई,सीता गुरुङ, नैनसिंह महर,बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियालगायत एकपछि अर्को त्यहाँ पुगेका छन् ।
टिप्पणीहरू