सवारी चालकलाई सचेतना दिन बग्गीखानामा कार्यक्रम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भोलि कार्यक्रम गर्न लागिएको हो । रामशाहपथस्थित ट्राफिक कार्यालयको भवनमा हुने कार्यक्रमको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रहने जनाइएको छ ।
कार्यक्रममा झण्डै चार सयको उपस्थिति रहने कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए । उनका अनुसार कार्यक्रममा सवारी चालकहरूलाई सचेतना दिइनेछ ।
जनआस्थासँग उनले भने,‘अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भोलि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बग्गीखानामा हुनेछ । ट्याक्सी, पठाओ, ट्रक चालकहरुलाई सडक र सवारीसम्बन्धी सचेतना दिइनेछ ।’
टिप्पणीहरू