प्रदिप अधिकारी अन्ततः पक्राउ

प्रदिप अधिकारी अन्ततः पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको  छ ।

भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा १३ करोड भ्रष्टाचार भएको आरोप पुष्टिपछि उनी पक्राउ परेको बताइन्छ । अधिकारीसँगै तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियार टोलीले नियन्त्रणमा लिएको छ । यसअघि हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि बयान लिएको बुझिएको छ । 

प्राधिकरणले निर्माण गरेको पोखरा, भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारमा अधिकारीको संलग्नता रहेको आशंकामा पनि अनुसन्धान भइरहेको छ । विशेष अदालतमा मुद्दा दायर गर्नु अघिको थप अनुसन्धानका लागि हिरासतमा राख्ने प्रयोजनको लागि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदै छ ।

टिप्पणीहरू