सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा लुम्बिनीले एक खेलाडी परिवर्तन गर्दासुदूरपश्चिमले अघिल्लै खेलको टोलीलाई निरन्तरता दिएको छ ।
लुम्बिनीका जोनाथन स्मिथको स्थानमा थोमस ड्राका प्लेइङ ११ मा परेका हुन् ।
प्रतियोगितमा तीन खेल खेलेर दुईमा हार व्यहोरिसकेको लुम्बिन्नीलाई आज जित्ने पर्ने दबाब छ । ४ खेल खेलेको सुदूरपश्चिम भने अपराजित छ ।
टिप्पणीहरू