कुलमान र खगेन्द्रकाे एउटै चुनाव चिन्ह

कुलमान र खगेन्द्रकाे एउटै चुनाव चिन्ह

कुलमान घिसिङले खोलेको भनिएको उज्यालो नेपाल पार्टी र आफूलाई दलित अभियन्ता बताउने खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चिन्हबाट चुनाव लड्ने भएका छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा दुई दलबीच साझा चिन्हमा चुनाव लड्ने सहमति भएको हो । 

बताइएअनुसार दुवै दल बिजुलीको चिम चुनाव चिन्हसहित निर्वाचनमा सहभागी हुँदैछन् । हाम्रो नेपाल पार्टीले यसअघि 'लाइक' चुनाव चिन्ह कायम हुनेगरी आयोगमा दर्ता गराएको थियो । तर पछिल्लो सहमतिपछि उज्यालो नेपाल पार्टीका सदस्य जितराम लामा र हाम्रो नेपाल पार्टीका सदस्य दधिराम परियारले निर्वाचन आयोगमा पुगेर साझा चुनाव चिह्नको निवेदन दिएका हुन्  ।

दुई दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आपसी सहमति र आगामी कार्यदिशाबारे जानकारी दिन लागेको बताइन्छ ।

टिप्पणीहरू