संकटको घडीमा केको चुनाव ?
गत कात्तिक १३ गते पूर्व प्रधानमन्त्री केपी ओलीलाई भेट्न कांग्रेस नेता रामहरि खतिवडा, राप्रपाका ध्रुवबहादुर प्रधान र पूर्व ‘बाल लडाकू’ लेलिन विष्ट गुण्डु पुगेका थिए । प्रधानसँग ओलीले ‘राजालाई तेस्र्याउने हो भने सम्भव छैन, लोकतन्त्र, संविधान र देश संकटमा छ भन्ने लागेको छ भने हामी एकजुट हुन सक्छौं’ भनी बताएका थिए ।
राजाको नाममा त्यहीबेला धेरै हण्डर खाने, बयलगाडा चढेर अमेरिका पुगिन्न भन्दा गाली खाने मै हुँ, अब त्यो अवस्था पार भयो भन्दै पन्छाइएको बताइन्छ । लेलिन विष्ट समूहसँग ओलीले ‘कांग्रेस र एमालेबाहेक अरुको के कुरा गर्नुहुन्छ ?’ भनेपछि तिनले ‘नेपालमा अरु पार्र्टी छैनन् ?’ भन्दै प्रतिवाद गरेका थिए ।
प्रतिउत्तरमा ओलीले कांग्रेस र एमालेलाई गाली गर्ने पनि पार्र्टी हुन्छ ? भनेपछि जेनजी युवाहरूले मनोरञ्जन पाएको दावी गरिएको छ । जेनजीसँगै कुराकानी भइरहेको बेला महेश बस्नेत पनि टुप्लुकिएका थिए । सोही भेटमा हो ओलीले संसद पुनर्वहाली गर्ने र सर्वदलीय सरकार गठन गर्ने प्रस्ताव राखेको उनले अब शेरबहादुर देउवालाई समर्थन गर्ने, उनले चलाउन सक्दिनन् भनेको अवस्थामा जसलाई चाहन्छन् उनैलाई प्रधानमन्त्री बनाउने बताएका थिए । तीन वटै समूहलाई ओलीले करिब ३ घण्टा खर्चिएका थिए ।
ओलीले बालकोटको घर जलेपछि ललितपुर, काठमाडौं कतै डेरा नपाएको दुखेसो पोख्दै शेरबहादुर देउवाको मुक्तकण्ठले प्रशंसा गरेको बताइन्छ । देउवा इस्पात रहेछन्, यस्तो मान्छे कोही छैन त्यत्रो कुटाइ खाँदा पनि माफ मागेनन्, नबोलिकनै जिते भन्दै प्रशंसा गर्न भ्याएका थिए ।
टिप्पणीहरू