भैरहवा पुगेर भिआइपीहरु भिन्दाभिन्दै
अर्थमन्त्री रामेश्वर खनालसहित दुई मुलुकका राजदूत भैरहवा जानुभएको छ । अर्थमन्त्री खनाल,नेपालका लागि अमेरिकी राजदूत डिन आर थोमसन, इजरायली राजदूत स्मुलिक ऐरी बास र उहाँकी श्रीमती मेरव पेलेग बास आज बिहान बुद्ध एअरको उडान नम्बर यु४–८५१ मार्फत काठमाडौंबाट भैरहवा प्रस्थान गर्नुभएको हो ।
बिहान सवा १० बजे भैरहवा पुग्नुभएका अर्थमन्त्री र अमेरिकी राजदूत विद्युतीय प्रशारण लाइनको शिलान्यास कार्यक्रमका लागि सुनवलतर्फ लाग्नुभएको छ । अर्थमन्त्री खनाल बा.२ झ २०३० नम्बरको गाडीमा कार्यक्रमस्थलतर्फ लाग्नुभएकोमा अमेरिकी राजदूत ६१ सिडी ४ नम्बरको गाडीमा जानुभएको हो ।
यता, इजरायली राजदूत र उहाँकी श्रीमती भने प्रदेश नम्बर ०१–००२७च६४९१ भएको गाडीमा लुम्बिनी प्रस्थान गर्नुभएको छ ।
टिप्पणीहरू