जबर्जस्ती करणीमा मुछिए बाबुछाेरा नै

जबर्जस्ती करणीमा मुछिए बाबुछाेरा नै

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्षको बाबु छाेराविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योग जाहेरी दर्ता भएकाे छ । 

६५ वर्षीय गुणबहादुर थपलिया र छाेरा ४० वर्षीय रामशरण भन्ने केशव थपलियाविरुद्ध हिजो जबरजस्ती करणी उद्याेग,ज्यान मार्ने उद्योग र अभद्र व्यवहारकाे जाहेरी दर्ता भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे । 

आराेपित केशव थपलियाले घर नजिकै ३३ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेकाे र पीडितले गुहार मागेपछि अन्य मानिसकाे सहयाेगमा प्रहरीले उद्धार गरेकाे थियाे । पीडितलाई छाेराले जबरजस्ती करणी उद्योग गरेकाे बाबु गुणबहादुरले कुटपिट समेत गरी छाेरालाई सघाएकाे पीडित पक्षकाे भनाई छ । 

घटनापछि पीडितकाे धादिङ अस्पतालमा उपचार गराइएको थियो । आराेपितहरुलाई प्रहरीले साेमबार हिरासतमा लिएकाे थियो । मंगलबार जिल्ला अदालत पेश गरेकाेमा ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति पाएकाे नायव उपरीक्षक दाहालले जानकारी दिनुभयाे । 

गुणबहादुर थपलिया २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

टिप्पणीहरू