एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने खेलमा विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजे शुरू हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर जारी प्रतियोगितामा अपराजित टोली मध्येको एक टोली हो ।
विराटनगर तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै प्रतियोगिताको सुरुवात गरेको विराटनगरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो ।
यता चितवन भने आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको चितवन दुई अंकको साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।
टिप्पणीहरू